नेप्सेले गर्यो तीन इन्स्योरेन्स कम्पनीको सेयर कारोबार रोक्का
२५ वैशाख, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तीन कम्पनीकाे सेयर काराेबार राेक्का गरेकाे छ । मर्जरपछिको एकीकृत कारोबार प्रयोजनार्थ नेप्सेले प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र यूनियन लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरेको हाे ।
नेप्सेले यी तीन कम्पनीकाे सेयर काराेबार भाेली वैशाख २६ गते मंगलबारदेखि लागू हुने गरी रोक्का गर्न लागेकाे हाे । यी तीनै कम्पनीले मर्जरपछि ‘हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड’को नामबाट एकीकृत काराेबार सुरु गर्दैछन्। यी तीनै कम्पनी १ः१ः१ सेयर स्वाप रेसियोमा मर्ज भएका हुन्।
प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार १६:३९