२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

नेपालले कुन कुरालाई अर्थतन्त्रको मेरुदण्ड बनाउने भन्ने स्पष्ट भएको छैन्ः सांसद खान

२५ वैशाख, काठमाडौं । जनमत पार्टीका सांसद अब्दुल खानले विनियोजन विधेयक २०८० मा नेपालले कुन कुरालाई अर्थतन्त्रको मेरुदण्ड बनाउने भन्ने कुरा स्पष्ट नभएको टिपप्णी गरेका छन् ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले नेपालको अर्थतन्त्र तरल अवस्थामा रहेको हुनाले अर्थतन्त्रलाई बलियो बनाउने विधेयक आउनु आवश्यक भएको बताए । उनले भने, ‘नेपालको अर्थतन्त्र तरल अवस्थामा छ । प्रस्तुत गरिएको विनियोजन विधेयक २०८० को प्राथमिकता र सिद्धान्तमा विभिन्न किसिमका योजनाहरु राखिएको छ तर वास्तकमा जसरी खाडिले तेललाई आफ्नो अर्थतन्त्रको मेरुदण्ड बनाएको छ । नेपालले कुन कुरालाई मेरुदण्ड बनाउने भन्ने कुरा स्पष्ट भएको छैन् । त्यसको नमूना यसमा हुनैपर्छ । नेपालले कुन कुरालाई महत्वका साथ हेरेको छ । त्यो स्पष्ट हुनै पर्ने बताए ।’

उनले नेपालीमा फलफूल, तरकारीजन्य,मासुजन्य उत्पादन गर्ने र पर्यटन क्षेत्रलाई विकास गर्ने हो भने अर्थतन्त्रलाई बलियो पार्न सक्ने बताए ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार १४:२५