३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

आज ब्रोकाउली प्रतिकेजी ११० रुपैयाँ, अन्य फलफूल तथा तरकारीको मूल्य कति ?


२५ वैशाख, काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमवार)का लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।आज नेपाली सानो गोलभेँडा प्रतिकेजी न्युनतम ४५ रुपैयाँ, रातो आलु ३० रुपैयाँ, सेतो आलु २४ रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ,मूला सेतो १५ रुपैयाँ, लोकल गाजर ७० रुपौयाँ प्रतिकेजी मूल्य निर्धारण गरेको छ ।

त्यस्तै,भारतीय सुकेको प्याज ३४,लोकल घिउ सिमी ७०, मटरकोशा ८०,तने बोडी ८०,भन्टा डल्लो ५०,भटमास कोशा १४० ,तिते करेला ३०,लौका ३०,परवल ९०,घिरौंला ५०,हरियो फर्सी ४०,कन्यच्याउ ११०,डल्ले च्याउ ३५०, कुरीलो ३०० , ब्रोकाउली ११० र तोफु १२०,रुख कटहर ७०,लोकल काँक्रो ११० रुपैयाँमा बिक्री भैरहेको छ ।

आज चमसूरको साग १००, पालुंगो साग १००,रायो साग ३०,तोरीको साग ३०,हरियो प्याज ५०,हरियो लसुन ८०,मेथिको साग ९०,हरियो धनियाँ ५० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ ।

त्यस्तै, कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २८०, हरियो अंगुर १२०, भारतीय सुन्तला १४०, अनार २५०,कागती २२०,आभोकाडो ५००,तरबुजा ३५,फूजी स्याउ २५०,मौसम १५०,केरा दर्जनको १३०,दशहरी आँप (भारतीय) २५० रुपैयाँ प्रतिकेजीमा बिक्री भैरहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार १०:२१