२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

संवैधानिक परिषद्को बैठक आज बस्दै, प्रधानन्यायाधीश सिफारिसबारे छलफल हुने

२५ वैशाख, काठमाडौं । आज साँझ संवैधानिक परिषद्को बैठक बस्दैछ। संवैधानिक परिषद्को बैठक साँझ ६ बजे बस्ने भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच शनिबार भएको भेटवार्तापछि संवैधानिक परिषद्को बैठक बस्न लागेको हो।

आज बस्ने बैठकले प्रधानन्यायाधीश नियुक्त गर्ने सम्भावना छ। कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की रोलक्रममा छन्। संवैधानिक परिषद्को सिफारिसलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि प्रधानन्यायाधीश नियुक्त हुने व्यवस्था छ।

प्रकाशित मिति : May 8, 2023 at 10:10 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/