२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

काठमाडौंमा अव्यवस्थित तार हटाउन सुरु

२५ वैशाख, काठमाडौं। काठमाडौं महानगरपालिकाले आज(सोमवार)बाट महानगरपालिकाभित्रका अव्यवस्थित टेलिफोन तथा इन्टरनेटका तार(अप्टिकल वायर) काट्न सुरु गरेको छ ।

सडकस्थित विद्युतका पोलमा टाँगिएका अव्यवस्थित तारले सहरलाई कुरुप बनाउने मात्र नभई आगलागीका घटना समेत हुने गरेको पाइएपछि महानगरपालिकाले तार काट्न सुरु गरेको हो ।

आइतबार बसेको काठमाडौं महानगरपालिका, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायक संस्थाका प्रतिनिधिबीचको संयुक्त बैठकले सडकमा टाँगिएका अव्यवस्थित तार काट्ने निर्णय गरेको थियो ।

निर्णय अनुसार महानगरपालिकाले सोमवार बिहान८ः३० बजेबाटै माइतीघर मण्डला आसपासका सडकस्थित पोलमा टाँगिएका इन्टरनेट, टेलीफोन लगायतका तार काट्न सुरु गरेको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए ।

उनका अनुसार सोमवार दिनभर महानगरले माइतीघर क्षेत्र आसपास र न्युरोडका सडकमा टाँगिएका अव्यवस्थित तार हटाउने छ ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार ०९:३९