२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

सबै सांसदको सम्पति विवरण स्रोतसहित सार्वजनिक गर्न आरजु राणाकाे चुनौति

२४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले सबै सांसदको सम्पति विवरण सार्वजनिक गर्न चुनौति दिएकी छिन् । आइतबार प्रतिनिधिसभाको बैठककाे आकस्मिक समयमा बोल्दै राणाले सबै सांसदको सम्पत्ति विवरण स्रोतसहित वेबसाइटमा राख्न चुनाैती दिएकी हुन् ।

‘हामी जति सांसद छौं, जहिलेदेखि बनेका छौं, सबैको सम्पत्ति विवरण प्रकाशित होस् । हाम्रो वेबसाइटमा राखियोस् । जनताले देखोस्’ उनले भनिन्, ‘कसको के थियो कहिले थियो कसको बढ्यो कसको घट्यो के स्रोत हो ?’ आरोपका लागि आरोप लगाउने गरी भ्रष्टाचारको विषय उठाउने र अर्को व्यक्ति उपर आरोप लगाउने कार्य मात्रै गरेर समस्याको समाधान नहुने उनको भनाइ छ ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आईतवार १७:२०