१६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026

न्यूरो अस्पतालले क्लिनिकल्ली डेथ भनेका बास्तोला अाफ्नै निवासमा, घरमा कांग्रेस नेताको भीड

२७ असोज, काठमाडाैँ । नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको ७४ वर्षको उमेरमा शनिबार निधन भएको भन्ने यसअघिको समाचारप्रति हामी क्षमाप्राथी चाहन्छाैँ । यसअघि निधन भएको भनिएको बास्तोलालार्इ अस्पतालबाट घर लगिएको छ । न्यूरो अस्पतालले नेता बाँस्तोलालाई क्लिनिकल्ली डेथ भनेको छ तर बाँस्तोलाको परिवारले उनको निधनको अस्वीकार गरेको छ । ६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका नेपाली कांग्रेसका नेता बाँस्तोलाको क्लिनिकल्ली डेथ भएको न्यूरो अस्पतालले जनाएको छ ।

२०६९ पुस १४ गते मोरङ विराटचोकको कुलपूजामा भाग लिँदैगर्दा ७४ वर्षीय नेता बाँस्तोलालाई मस्तिष्काघात (ब्रेन ह्यामरेज) भएको थियो । त्यसयता उनी अचेतको अचेत ढलिरहेका थिए । कहिले सिलिगुडी, कहिले मेदान्त अस्पताल गुडगााव, कहिले न्यूरो अस्पताल बाासबारी र पछिल्लो समय घरैमा उनको उपचार गरिएको थियो ।

उनी नेपालको प्रजातान्त्रिक आन्दोलन र कांग्रेस राजनीतिमा एउटा खास नेता थिए । बीपीले आफ्ना सबै राजनीतिक पुस्तकमा उनको नाम पटक–पटक लिएका छन् । दरबार हत्याकाण्ड हुँदा गिरिजाप्रसाद क्याबिनेटका परराष्ट्रमन्त्री थिए बाँस्तोला । उनी भारतका लागि नेपाली राजदूत समेत बनेका थिए ।

 

प्रकाशित मिति : 16:56