११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

वीर अस्पतालमा लुटैलुट, उपेन्द्र यादवको नाममा अरूण महतो लगायतको व्रह्मलुट

२७ असोज, काठमाडाैँ । वीर अस्पतालमा विभिन्न नाममा लुट मच्चिरहँदा पनि कारबाही प्रक्रिया भने कमजोर देखिएको छ । विभन्न नाम र बहानमा लुट मच्चाउने गरेका छन । कहिले समाजसेवाका नाममा बाहिरका मान्छेले गएर लुट मच्चाएका छन भने विभिन्न बहानामा भित्रैका कर्मचारीले वर्षाैदेखि लुट मच्चाइरहेका छन ।

विगत चार वर्षदेखि संघीय समाजवादी फोरमका अध्यक्ष समेत रहेका हालका उपप्रधानमन्त्री उपेन्द्र यादवको नाममा एउटा सामान्य कर्मचारीले वीरमा सबैभन्दा ठूलाे लुट मच्चाइरहेका छन । यद्यपी अहेव अरूण महतोलेमात्र भ्रष्टाचार गरेको पैसा खाएकोमा शंका छ । उक्त भ्रष्टाचार ढाकाछोपमा वीरको नेतृत्वको समेत संलग्ना रहेको देखिएको छ । महतो फोरम निकट कर्मचारी संगठनका उपाध्यक्ष हुन । उनले कतिसम्म गरेका छन भने अाफ्नै छोरी सचिता देवीको नाममा एभरेष्ट नेपाल इन्टरनेशनल खोलेर सोहीबाट लाखौं रुपैया पर्ने एसी, फि्रज, इसिजी मेसिन, सोफा, टिभी, कार्पेट, दराज र कुर्सी लगायतका सामान खरिद तथा मर्मत गर्ने गरेको पाइएको छ ।

वर्षाैदेखि मिलेमतोमा भ्रष्टाचार गर्दै अाएका वीरका कर्मचारी अहिलेचाहिँ राष्ट्रिय सतर्कता केन्द्रले गरेको छानविनका क्रममा खरिद इकाइ लगायत आर्थिक कारोबार हुने बिभागमा वर्षौंदेखि कार्यरत कर्मचारीले परिवारका नाममा फर्म खोलेर सामान लिने गरेको खुलेको थियो । यसअघि महालेखाका प्रतिवेदन र सतर्कता केन्द्रको अध्ययनले भ्रष्टाचार देखिएपछि अख्तियारले छानविन गर्न सुरू गरेको छ । 

प्रकाशित मिति : October 13, 2018 at 5:20 pm