६ जेष्ठ २०८१, आईतवार | Mon May 20 2024

नेपाली नागरिकता लिने १० भारतीयलाई प्रहरीले गर्‍यो सार्वजनिक


२४ वैशाख, काठमाडौं । झुटा विवरण पेस गरि विभिन्न समयमा नेपाली नागरिकता लिएका दश जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा राहुल गुप्ता,भरत प्रसाद गुप्ता,ज्ञानमति देवी गुप्ता,भरत गुप्ता,स्नेहलता गुप्ता,गोपाल गुप्ता,रामसुन्दर गुप्ता, रामप्रवेश गुप्ता, मिना देवी गुप्ता र राजेशकुमार गुप्ता गरि दशजना रहेको बरिष्ठ प्रहरी उपरीक्षक मनोज केसीले बताए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको टोलीले उनीहरूलाई पक्राउ गरि थप अनुसन्धान गरिरहेको बताएको छ । पक्राउ पर्ने अधिकांश ३० देखि ६० वर्ष उमेर समुहका रहेका छन् । शनिवार काठमाण्डौको शंखमुल, कलंकी, वागबजार, गोंगबु, बानेश्वर लगायतका स्थानबाट उनीहरुलाई पक्राउ गरि नागरिकता ऐन तथा लिखत सम्बन्धि कसुरमाआवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाएको थियो ।

पक्राउ परेका मध्ये राहुल गुप्ता,भरत प्रसाद गुप्ता,ज्ञानमती देवीगुप्ताले सिराहा जिल्ला, गोपाल गुप्ता,रामसुन्द गुप्ता, रामप्रबेश गुप्ताले रुपन्देही, भरत गुप्ता, मिना देवीगुप्ता, राजेश कुमार गुप्ता र स्नेहलता गरप्ताले बारा जिल्लाबाट नेपाली नागरिकता बनाएर गैरकानूनी रुपमा प्रयोग गर्दै आएका थिए ।

पक्राउ पर्ने सबै गुप्ताहरु दुई परिवार रहेको र उनीहरुमा पारिवारिक नाता सम्बन्ध भएको पनि देखिएको छ । उनीहरुले नेपालका विभिन्न जिल्लाबाट विभिन्न समयमा विशेष गरी नेपालको तराईका जिल्लाहरु सिरहा, बारा, पर्सा, रुपन्देहीलगायतका स्थानबाट नेपाली नागरिकता लिएर नेपालमै व्यापार व्यवसायगरि बस्दै आएको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले उनीहरुबाट नेपाली नागरिकताको प्रमाणपत्र थान ७ थान,मतदाता परिचयपत्र ५ थान,मोबाइल फोन ९ थान, भारतीय चालक अनुमति पत्र,भारतीय पासपोर्ट,आधार कार्ड लगायतका विभिन्न सामग्री समेत बरामद गरेको छ । उनीहरुलाई थप अनुसन्धानगरि कानूनअनूसार कारबाही गरिने प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए । उनीहरुले २०६२/०६३ पछि तराईका सिरहा,बारा र रुपन्देही जिल्लामा पुगेको घुम्ती नागरिकता वितरण टोलीबाट नागरिकता लिएको खुलेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आईतवार १५:४९