बराही हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने
२४ वैशाख, काठमाडाैं । बराही हाइड्रोपावर पब्लिक लिमिटेडले सतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएकाे छ । वैशाख २१ गते बसे कम्पनीकाे सञ्चालक समितिकोको बैठकले चुक्तापुँजीको सतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद जारी गर्ने निर्णय गरेको हो।
कम्पनीको ५१ प्रतिशत सेयर रहेको सिकोस खोला जलविद्युत आयोजना (३.४५ मे.वा.) र कम्पनीको स्वामित्वमा रहेको तल्लो ठेउले खोला जलविद्युत (क्यास्केड) आयोजना (०.७५ मे.वा.) निर्माणका लागि आवश्यक रकम जुटाउन हकप्रद जारी गर्ने निर्णय भएको कम्पनीले जनाएको छ। हकप्रद सेयर निष्काशन गर्न पूर्वस्वीकृतिका लागि विद्युत नियमन आयोगमा निवेदन दिने कम्पनीले जनाएकाे छ ।
प्रकाशित मिति : May 7, 2023 at 3:01 pm









