३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

असिनापानीले मकैबाली र लहरे तरकारीमा क्षति


२४ वैशाख, गण्डकी । शनिबार साँझ परेको असिनापानीका कारण मकैबाली र लहरे तरकारीमा क्षति पुगेको छ । साँझको समयमा हावाहुरीसहित आएको असिनापानीले पोखरा महानगरपालिका वडा नं २३, २४, ३२, ३३ लगायत वडाका मकैबाली तथा लहरे तरकारीलाई क्षति पुर्याएको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए ।

केही स्थानमा क्षति पुर्याएको जानकारी आए पनि त्यसको यकिन विवरण भने प्राप्त नभएको उनले बताए। वडा नं ३२स्थित तल्लो गगनगौडाको बेलबुटे र आसपासका क्षेत्रमा मकैबालीका साथै फल्ने बेलाको लहरे तरकारीमा क्षति पुगेको स्थानीयवासीले बताए । हावाहुरीसहितको असिना पानीले मकैका पात छियाछिया बनाएको छ भने फल्ने तयारीमा रहेका लहरेबालीमा समेत क्षति पुर्याएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आईतवार १४:२२