३ जेष्ठ २०८१, बिहीबार | Fri May 17 2024

नेपाली ठूलो गोलभेँडा प्रतिकेजी ५० रुपैयाँ, आज अन्य फलफूल तथा तरकारीको मूल्य कति ?


२४ वैशाख, काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतवार)का लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । आज नेपाली ठूलो गोलभेँडा प्रतिकेजी न्युनतम ५० रुपैयाँ, रातो आलु ३० रुपैयाँ, सेतो आलु २५ रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ,मूला सेतो १५ रुपैयाँ, लोकल गाजर ६० रुपौयाँ प्रतिकेजी मूल्य निर्धारण गरेको छ ।

त्यस्तै,भारतीय सुकेको प्याज ३४,लोकल घिउ सिमी ७०, मटरकोशा ९०,तने बोडी ७०, भेन्टा डल्लो ५०, भटमास कोशा ९०,तिते करेला ३५,लौका ५०,परवल ९०,घिरौंला ५०,हरियो फर्सी ४०,कन्यच्याउ १६०,डल्ले च्याउ ४५०, कुरीलो ३००,ब्रोकाउली ११० र तोफु १२०,रुख कटहर ७०,काँक्रो ११० रुपैयाँमा बिक्री भैरहेको छ ।

आज चमसूरको साग ११०, पालुंगो साग ११०,रायो साग ३०,तोरीको साग ४०,हरियो प्याज ७०,हरियो लसुन १२०,मेथिको साग ९०,हरियो धनियाँ ६०,रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ ।

त्यस्तै, कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २८०, हरियो अंगुर १२०, भारतीय सुन्तला १४०, अनार २५०,कागती २००,आभोकाडो ५००,तरबुजा ३५,फूजी स्याउ २५०,मौसम १५०,केरा दर्जनको १३०,दशहरी आँप (भारतीय) २०० रुपैयाँ प्रतिकेजीमा बिक्री भैरहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आईतवार १०:१०