२० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026

टुकुचाकाे उत्खनन पुनः सुरू हुने, उच्च अदालतको फैसला बालेनको पक्षमा

२४ वैशाख, काठमाडाैँ । टुकुचा (इच्छुमति नदी)को उत्खनन पुनः सुरू हुने भएको छ । उच्च अदालत पाटनले काठमाडाैँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को निर्णयको पक्षमा फैसला गरेसँगै टुकुचाको उत्खनन पुनः सुरू गर्न लागिएको हो ।

महागर प्रमुख शाहले आइतबार बिहान सामाजिक सञ्जाल मार्फत यस विषयको जानकारी दिएका हुन । उनले फैसफलाको पूर्ण पाठ पढेपछि टुकुचा बारे गरेको टिप्पणी यस्तो रहेको छ,

केहिदिन अघि सार्वजनिक भएकाे उच्च अदातल पाटनकाे फैसलाकाे पूर्णपाठले टुकुचा खाेलालाई प्राकृतिक स्वरूपमा खुला कायम गर्ने विकल्पलाई स्पष्ट रूपमा मान्यता दिएकाे छ । टुकुचा ढल हाेइन, टुकुचा खाेला नै हाे भन्ने कुरा पुनः प्रमाणित गरेकाे छ । नदीकाे प्राकृतिक अधिकार र कानुनी व्यक्तित्व हुन्छ भन्ने विधिशास्त्रकाे घाेषणा गरेकाे छ । साे फैसलाले टुकुचा खाेला अर्थात् इच्छुमति नदिकाे प्राकृतिक अधिकार पुनःस्थापन तथा संरक्षणको लागि काठमाडौ महानगरपालिका लगायत संघीय सरकारका सम्बद्घ निकायहरूकाे ध्यानाकर्षण समेत गरेकाे छ । कुनै पनि नदी वा खाेलाकाे वहाव क्षेत्र, साेकाे दायाँबायाँ वा साेकाे माथिकाे जग्गा व्यक्ति विशेषकाे नाममा रहन नसक्ने वैधानिक मापदण्ड छ । तसर्थ, अब टुकुचा खाेलाकाे क्षेत्राधिकार भित्रकाे व्यक्ति विशेषकाे नाममा त्रुटीवश कायम हुन गएकाे जग्गाको कानुन बमाेजिम लगत कट्टा गर्ने र त्यस्ताे जग्गा महानगरवासीकाे सर्वाेत्तम हीत हुने गरी सार्वजनिक प्रयाेजनमा ल्याउने सम्बन्धी आवश्यक प्रकृया अगाडि बढाइनेछ । यस फैसलाबाट पनि याे पुष्टि हुन्छ कि, टुकुचा खाेलाकाे प्राकृतिक अधिकार पुनःस्थापन गर्ने सम्बन्धमा काठमाडौं महानगरपालिकालाई पहिलाे चरणकाे सफलता मिलेकाे छ । खाेला छाेप्ने कार्य बर्जित हाे, यस्ताे कार्यलाई सकृयता पूर्वक राेकथाम तथा नियन्त्रण गर्नुपर्छ भन्ने नीति अनुरूप हामीले चालेका कुनै पनि कदम खेर गएका छैनन् ।

प्रकाशित मिति : May 7, 2023 at 9:36 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/