६ जेष्ठ २०८१, आईतवार | Mon May 20 2024

पत्रकार मदनबाबु भण्डारी पक्राउ, जाँदा प्रहरी प्रमुखको गाडीमा फर्किदाँ सिधै प्रहरी हिरासतमा (भिडियो)


२३ वैशाख, काठमाडौँ । सरकारी कागजात कीर्ते गरेको आरोपमा पत्रकार मदनबाबु भण्डारी पक्राउ परेका छन । सुरक्षा न्युज नेटवर्कका प्रबन्ध निर्देशक रहेका मदनबाबु भण्डारी केहीबेर अघि त्रिभुवन विमानस्थलबाट पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

उनले दैनिकीसँग कुरा गर्दै भण्डारीको बारेमा सरकारी कागजात कीर्तेको उजुरी परेको र सोही क्रममा अनुसन्धानका लागि पक्राउ गरिएको बताए । भण्डारी पोखराबाट काठमाडौँ फर्किने क्रममा विमानस्थलबाटै पक्राउ परेका हुन ।

जाँदा प्रमुखको गाडीमा फर्किदाँ सीधै प्रहरी खोरमा

भण्डारी केही दिनअघि प्रहरी प्रमुख बसन्त कुँवरसँगै बुटवल हुँदै गुल्मी गएका थिए । रूपन्दहीका एक प्रत्यक्षदर्शीका अनुसार कुँवरकै गाडीमा भण्डारी गुल्मी पुगेका थिए । गुल्मी नै स्थायी घर भएका भण्डारी लामो समयदेखि सुरक्षा बिटमा कार्यरत पत्रकार हुन । उनी पछिल्लो समय प्रहरी प्रमुख कुँबरको निकै नजिक रहेर काम गरिरहेका थिए । गुल्मी जाँदा प्रहरी प्रमुखको गाडीमा सँगै गएका भण्डारी फर्किदाँ भने घर जानै नपाइ विमानस्थलबाटै हत्कडी लगाएर सीधै हिरासतमा पुगेका छन ।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार १५:०४