२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

प्रचण्ड-ओलीबीचको भेटवार्ता स्थगित

२२ वैशाख, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच हुने भनिएको भेटवार्ता अनिश्चित भएको छ । दिउँसो ३ बजे भेटवार्ताका लागि समय निर्धारण भएपनि प्रधानमन्त्री लुम्बिनी र नवलपरासीका कार्यक्रममा सहभागी भएर फर्कन ढिला भएकाले दुई नेताबीचको भेटवार्ता अनिश्चित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

‘दुई नेताबीच दिउँसो ३ बजे सिंहदरबारमा भेटवार्ता गर्ने तय भएको थियो तर प्रधानमन्त्री लुम्बिनीबाट फर्कन नै ढिला भएकाले आजको बैठक हुन सकेन’, प्रधानमन्त्री प्रचण्डका प्रेस विज्ञ मनहरी तिमल्सिनाले भने । ‘अब आजलाई भेटको सम्भावना लगभग टरेको छ ।’

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार १७:२४