म्याग्दीको गुर्जा हिमालमा हिमपहिरो, ४ नेपालीसहित ८ जनाको मृत्यु
२७ असोज, काठमाडाैँ । म्याग्दीको गुर्जा हिमालमा हिमपहिरो गएको छ । शुक्रबार राति पहिरो जाँदा ४ नेपालीसहित ८ जनाको मृत्यु भएको छ। गुर्जा हिमाल आरोहरणमा रहेका चारजना कोरियाली पर्यटक र उनीहरूको साथमा रहेका चार नेपाली भरिया हिमपहिरोमा पुरिएर मृत्यु भएको हो।

पर्यटक प्रहरीका अनुसार घटना शुक्रबार राति करिब १० बजेतिर भएको हो। हावाहुरीसहित आएको हिमपहिरोले पर्यटहरू बसेको क्याम्प नै खसेको छ । घटनास्थल गुर्जा गाउँपालिकामा पर्छ। हिमपहिरोमा पुरिएकाहरूको उद्दारका लागि पुगेका सिम्रिक एअरका वरिष्ठ क्याप्टेन सिद्धार्थजंग गुरुङका अनुसार शवहरू यत्रतत्र छरिएको भेटिएको छ। ७१९३ मिटर उचाईको गुर्जा हिमाल धौलागिरी हिमशृंखलामा पर्छ।
प्रकाशित मिति : 10:16









