१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026
http://kk5.io/NADA2026

अजोड इन्स्योरेन्सको १९ प्रतिशत सेयर सर्वसाधारणमा परिणत हुँदै

२२ वैशाख, काठमाडाैं । अजोड इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहको सेयर सर्वसाधारण समूहमा परिवर्तन गर्ने भएकाे छ । इन्स्योरेन्स कम्पनीको संस्थापक समूहको १९ प्रतिशत सेयर सर्वसाधारण समूहमा परिवर्तन गरिएको हो । यस कम्पनीको संस्थापक समूहको सेयर स्वामित्व ५१ प्रतिशत र सर्वसाधारण समूहको सेयर स्वामित्व ४९ प्रतिशत कायम हुने गरी सेयर संरचना पविर्तन गरेको हो । यसअघि संस्थापक सेयरको स्वामित्व ७० प्रतिशत र सर्वसाधारण सेयरको स्वामित्व ३० प्रतिशत रहेको थियो ।

कम्पनीले सर्वसाधारण समूहमा सेयर परिणत गर्न नचाहने संस्थापक सेयरधनीहरुलाई ७ दिनभित्र काठमाडाैंकाे सुन्धारास्थित कम्पनीको प्रधान कार्यालय र काठमाडाैं नागपोखरीस्थित कुमारी क्यापिटलको कार्यालयमा निवेदन दिन आग्रह गरेको छ। ताेकिएकाे समयमा संस्थापक सेयरधनीहरुबाट निवेदन नपरेको खण्डमा सर्वसाधारण समूहमा सेयर परिणत सहमति प्रदान गरेको मानी सोहीअनुसार प्रक्रिया अगाडि बढाइने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : May 5, 2023 at 2:32 pm