२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

नेसनल लाइफ इन्स्योरेन्सले बाेलायाे वार्षिक साधारणसभा, बुकक्लोज कहिले ?

२२ वैशाख, काठमाडाैं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ३५ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको बैठककाे निर्णयअनुसार वार्षिक साधारणसभा जेठ २२ गते काठमाडाैंकाे लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७८/७९का लागि प्रस्तावित ८ प्रतिशत बोनस सेयर र बोनस सेयर कर प्रयोजनार्थ ०.४२१ प्रतिशत नगद लाभांश अनुमोदन गर्नेछ। साथै,  सभाले कम्पनीले माथि उल्लेखित लाभांशका अतिरिक्त हाल कायम चुक्तापुँजीको ६.५ प्रतिशतले हुन आउने ३० करोड १६ लाख २८ हजार ७१ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले जेठ ११ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ जेठ १० गतेसम्म नेप्सेमा कायम सेयरधनीहरुले मात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : May 5, 2023 at 12:52 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/