३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

आज कुरीलो प्रतिकेजी ३०० रुपैयाँ, अन्य फलफूल तथा तरकारीको मूल्य कति ?


२२ वैशाख, काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रवार)का लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । आज नेपाली ठूलो गोलभेँडा प्रतिकेजी न्युनतम ५० रुपैयाँ, रातो आलु २८ रुपैयाँ, सेतो आलु २२ रुपैयाँ, स्थानीय काउली ४०रुपैयाँ,मूला सेतो १५ रुपैयाँ, लोकल गाजर ७० रुपौयाँ प्रतिकेजी मूल्य निर्धारण गरेको छ ।

त्यस्तै, भारतीय सुकेको प्याज ३४,लोकल घिउ सिमी ६०, मटरकोशा ७०,मकै बोडी ९०, भेन्टा डल्लो ४०, भटमास कोशा ११०, तिते करेला ४०, लौका ३०, परवल ९०, घिरौंला ४०, हरियो फर्सी ५०,स्कूस ४०, कन्य च्याउ १५०, डल्ले च्याउ ४००, कुरीलो ३००, ब्रोकाउली १३० र तोफु १२०, रुख कटहर८०, रुपैयाँमा बिक्री भैरहेको छ ।

हिजोको तुलनामा चमसुर र पालुंगोको साग प्रतिकेजी दश रुपैयाँ बढेर आएको छ । आज चमसूरको साग ११०, पालुंगो साग ११०,रायो साग ४०, तोरीको साग ३०,हरियो प्याज ५०, हरियो लसुन ९०, मेथिको साग ९०, हरियो धनियाँ ४०, रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ ।

त्यस्तै, कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २८०, हरियो अंगुर १२०, भारतीय सुन्तला १४०, अनार २५०,कागती २२०, आभोकाडो ५००, तरबुजा ३५, फूजी स्याउ २५०, केरा दर्जनको १३०, दशहरी आँप (भारतीय) २५० रुपैयाँ प्रतिकेजीमा बिक्री भैरहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार ११:१८