जसले जनताबाट पराजित हुँदा वामदेवको बाटो समाउन सकेनन्
–पवित्रा मुडभरी
यो साता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता बामदेव गाैतमकाे चर्चा सबैभन्दा बढी भयो । सञ्चार माध्यमदेखि सामाजिक सञ्जालसम्म गाैतमले एकछत्र राज गरे । यसरी चर्चा हुँदा झण्डै ९९ प्रतिशतले भने बामदेव गाैतमको अालोचना गरे । गत प्रतिनिधिसभाको निर्वाचनमा जनताबाट पराजित गाैतमले अझै त्यो जनमत स्वीकार गर्न सकिरहेका छन । जुन कुरा गाैतम स्वयंले नेकपाकै वरिष्ठ नेताले पनि भनिरहेका छन भने महासचिव विष्णु पाैडेलले पटक पटक अन्तरवार्ता नै दिएर गाैतमले चुनावी पराजय स्वीकार गर्न कठिन भएको बताइरहेका छन ।
नेकपा र नेकपाका केही नेताले भने गाैतमको पराजलार्इ सहज रूपमा नलिएकै कारण अन्य कुनै जिल्ला वा क्षेत्रबाट त्यहाँ जनताले पाँच वर्षका लागि निर्वाचित सांसदलार्इ प्रभावित गरेर राजिनामा गराउने कोशिश गरिरहेका छन । बर्दियाबाटै सुरू भएको त्यो प्रयास काठमाडाैँसम्म अाइपुग्दा भने नेकपा र वामदेव गाैतम दुबै एकपटक सोच्नुपर्ने अवस्थामा पुगेका छन ।
लोकतन्त्रका कुरा गर्ने अभ्यासको कुरा गर्ने अनि त्यही लोकतन्त्रिक अभ्यास स्वीकार गर्न नसकेको भनेर छटपटाउनुको कारण के होला भनेर धेरैले खोजी सुरू गरेका छन । यसमा गाैतम अाफैँले पनि अाफू केही न केही नगरी बस्न नसक्ने बताएका छन । काठमाडाैँ निर्वाचन क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरलार्इ राजिनामा गराएर संसदमा प्रवेश गर्ने गाैतमको प्रयासमा पछिल्लो पटक ठूलै धक्का लाग्यो । लोकतान्त्रिक मूल्य मान्यतालार्इ पैतालामा कुल्चने गाैतमको प्रयासमा अामसञ्चारमाध्यम र सामाजिक सञ्जालको खबरदारीले ठूलै काम गर्यो । यद्यपी नेकपाभित्रैको अन्य नेताहको असन्तुष्टिका कारण उनको चोरबाटोबाट संसद प्रवेश गर्ने बाटो रोकिएको छ ।
सांसद रामवीर मानन्धरलार्इ भारतले समेत प्रयोग गरिरहेको विषय बाहिर अाउनु, रामवीर राजिनामा दिँदै गरेको विषय पार्टीले भन्दा पहिल्यै नै दिल्लीले थाहा पाउनु र नेकपाका अध्यक्ष पुष्पकल दाहाल प्रचण्डले पूर्व एमालेको बीचमा खेल्न खोजेको स्पष्टै देखिनुले देशमा अागामी दिनमा पनि राम्रो काम हुँदैछ भन्ने संकेत गरेको छैन । नेकपाभित्रैबाट अस्थिरताको जग हाल्ने जुन दुष्प्रयास भएको छ यसले समृद्धिको यात्रामा गम्भीर धक्का लाग्नेमा कुनै शंका छैन ।
संसारमै प्रत्यक्ष निर्वाचनबाट विजयी उम्मेदवारलार्इ राजिनामा गराएर अर्को ठाउँबाट पराजित भएका नेताका लागि ठाउँ खाली गरिदिएको दृष्टान्त पाइदैन । तर नेपालमा गिनिजबुकमै नाम लेखाउने गरी बामदेव गाैतमले गरिरहेको प्रयास हेर्न लायक छ । के वामदेव गाैतम संसदमा नहुँदा दुर्इतिहाइको सरकार भएर पनि सरकारले काम गर्न नसकेको हो ? के बामदेव गाैतम नभएकै कारण नेकपाका सांसदहरू उर्जाशिल नभएका हुन ? सरकारको प्रतिरक्षा गर्न नसकेका हुन ? यी तमाम प्रश्नहरूको जवाफ अाज खोजिएको छ । यसको जवाफ एउटै दिने गरिएको छ पार्टी एकतामा बामदेव गाैतमको भूमिका महत्वपूर्ण थियो ।
यदि त्यो पनि सत्य हो भने बामदेवसँगै नारायणकाजी पनि किन पराजित भए ।किनकी दुबै भूमिका एकतामा महत्वपूर्ण थियो भनिएको छ । देशैभर नेकपाका उम्मेदवारहरू जित्ता उनीहरू हार्न पुगे । जुन कुरा जनताले पत्याएनन । यथार्थमा भन्ने हो भने शीर्ष तहमा अोली र प्रचण्ड र दोस्रो तहमा विष्णु पाैडेल र जनार्दन शर्माले काम गरे । उनीहरू चार जनाको योगदान पार्टी एकतामा बढी थियो भन्दा पत्याउन जति सजिलो छ गाैतम र श्रेष्ठाको अतुलनिय रह्यो भन्दा पत्याउन पनि अलि कठिन हुने गरेको छ ।
विगतका नेकपाकै वरिष्ठ नेताहरूले पनि चुनाव हारे तर उनीहरू कहिल्यै अर्को पटक जनताबाट म्याण्डेट लिनुभन्दा अघि छपटिएनन् । नेकपाका संस्थापक पुष्पलाल २०१५ सालमा काठमाडाैँबाट पराजित भए, वर्तमान राष्ट्रपति विद्याभण्डारी २०६४ सालमा काठमाडाैँ ४ बाट पराजित भइन । २०६४ सालमा नेकपाका अध्यक्ष केपी अोली झापाबाट पराजित भए, २०५६ सालमा झलनाथ खनाल इलामबाट पराजित भए, भीम रावल २०५६ सालमा अछामबाट पराजित भए, २०६४ सालमा भरतमोहन अधिकारी मोरङबाट पराजित भए, अमृत बोहरा २०५६ सालमा सिन्धुपाल्चोकबाट पराजित भए भने स्वयं वामदेव गाैतम २०५६ र २०६४ मा वर्दियाबाट पराजित भए । तर सकैले पनि त्यो बेला बिधिको उलंघन गरेर लोकतान्त्रिक परिपाटीको चिरहरण गरेर प्रत्यक्ष निर्वाचितलार्इ नै राजिनामा गराएर संसदमा जाने रहर गरेनन् । त्यसकारण अहिले गाैतमले गरिरहेको रहर उनी एक्लैको होइन र उनलार्इ केका लागि यस्तो गरिदै छ भन्ने कुरा अहिले सबैको चासोको विषय बनेको छ । अावधिक निर्वाचनमा पाँच वर्षका लागि हार स्वीकार गरेर अर्को पटकका लागि तयारी गरेर बस्ने स्थापित मान्यता हो तर यो मान्यतालार्इ किन कुल्चिने कुचेष्टा हुँदै छ ? अाम जनताले कहिले जान्न पाउने ?
प्रकाशित मिति : २७ आश्विन २०७५, शनिबार १०:३६