११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

भ्रष्टाचार मुद्दा दायर भएसँगै मोहन बस्नेतको सांसद् पद स्वतः निलम्बन

१ जेठ, काठमाडौं । मोहनबहादुर बस्नेतको सांसद् पद स्वतः निलम्बन हुने भएको छ । भ्रष्टाचार मुद्दा दायर भएसँगै उनको प्रतिनिधि सभा सांसद पद स्वत: निलम्बनमा परेको हाे ।

बस्नेतविरूद्ध बिहीबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधि खरिद गर्दा भ्रष्टाचार गरेको भन्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ अनुसार बस्नेत प्रतिनिधि सभा सांसदबाट स्वत: निलम्बित भएका छन्।

प्रकाशित मिति : May 15, 2025 at 1:44 pm