१७ असार २०८३, बुधबार | Wed Jul 1 2026

झापाको पुँजीगत खर्च ४२ प्रतिशत

१ जेठ, झापा । जिल्लामा चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा पुँजीगत खर्च ४२ दशमलव ५६ प्रतिशत भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कोष नियन्त्रक सूर्यबहादुर भण्डारीका अनुसार पुँजीगततर्फ जिल्लाका लागि रु १० अर्ब ७१ करोड विनियोजन भएकामा वैशाखसम्ममा रु चार अर्ब ५५ करोड ९२ लाख खर्च भएको छ ।

“चालुतर्फ विनियोजित रु १६ अर्ब २२ करोड ९० लाखमध्ये ७७ दशमलव ६३ प्रतिशत अर्थात् रु १२ अर्ब ५९ करोड ९२ लाख खर्च भएको छ”, उहाँले भन्नुभयो ।

कार्यालयको तथ्याङ्कअनुसार समग्रमा जिल्लाको खर्च ६३ दशमलव ६९ प्रतिशत अर्थात् रु १७ अर्ब १५ करोड ८५ लाख ७० हजार खर्च भएको छ । चालु आवको वैशाखसम्ममा जिल्लाभर रु १६ अर्ब ९७ करोड ६९ लाख सात हजार २३ राजस्व सङ्कलन भएको छ ।

प्रकाशित मिति : May 15, 2025 at 1:30 pm