१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

प्रतिनिधिसभाको सचिवमा पद्मप्रसाद पाण्डे र राष्ट्रियसभाको सचिवमा डा सुरेन्द्र अर्याल नियुक्त

२१ वैशाख, काठमाडाैँ । प्रतिनिधिसभाको सचिवमा पद्मप्रसाद पाण्डे र राष्ट्रियसभाको सचिवमा डा सुरेन्द्र अर्याल नियुक्त भएका छन । राष्ट्रपति रामचन्द्र पाैडेलले संविधानको धारा १०६ को उपधार १ बमोजिम सचिव पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका सचिव यादवप्रसाद कोइरालाले जानकारी दिए ।

रिब्दिकोट गाउँपालिका १ पाल्पाका पाण्डेलाई प्रतिनिधिसभाको सचिवमा र चिदिका ३ अर्घाखाँचीका अर्याललाई राष्ट्रियसभाको सचिवमा नियुक्त गरिएको हो ।

प्रकाशित मिति : 18:34