२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पाए विश्वासको मत

२१ वैशाख, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । गण्डकी प्रदेशसभाको बिहीबारको बैठकमा मुख्यमन्त्रीले आफुलाई विश्वासको मत दिइओस् भनी गरेको प्रस्तावको पक्षमा ३५ सांसदले मत दिएका हुन् ।

उनलाई कांग्रेसका २७, माओवादीका ७ र एकीकृत समाजवादीको एक गरेर ३५ जनाले सर्मथन गरेका हुन् । गण्डकी प्रदेश सभा कूल ६० सदस्यीयको रहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का २ सांसद भने तटस्थ बसे ।

मुख्यमन्त्री पाण्डे ३५ सांसदको समर्थनमा वैशाख १४ गते संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए ।
प्रदेश सभामा एमालेको २२ र राप्रपाको २ जना प्रदेश सदस्य छन् ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार १७:१२