५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

भिभो भी २७ सिरिज नेपाल भित्रिदैं, यस्ता छन् विषेशताहरु

२१ वैशाख, काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी भिभोले भी २७ सिरिजका नयाँ स्मार्ट फोन सार्वजनिक गर्ने भएको छ । कम्पनीले भी २७ र भी २७ ई चाँडै नेपाली बजारमा ल्याउने जनाएको हो ।

नयाँ भी २७ सिरिजमा आकर्षक डिजाइन, शक्तिशाली पर्फर्मेन्स र स्मार्टफोनको अनुभव वृद्धिका लागि विशेष अपग्रेडहरू रहेको निर्माण कम्पनीले जनाएको छ ।

यस्ता छन् स्मार्टफोन भिभो भी २७ का विषेशताहरु

१.भी २७ मा १२० हर्ज रिफ्रेश रेट भएको कर्भ स्क्रिन र पातला बेजल रहेका छन्।

२.२४००x १०८० रेजोलुसन डिस्प्ले रहेको भी२७ मा डाइमेन्सिटी ७२०० (एनएम) प्रोसेसर राखिएको छ । जसमा १२ जीबी र्याम तथा २५६ जीबी स्टोरेज रहेको छ ।

३.तीन ओटा क्यामेरा राखिएको यो फोनमा ५० मेगापिक्सेलको प्राइमरी सेन्सर, ८ मेगापिक्सेलको अल्ट्रा वाइड एङ्गल लेन्स र २ मेगापिक्सेलको म्याक्रो लेन्स दिइएको छ ।

४. भी २७ ई मा २.५ डी स्क्रिनका साथै १२० हर्ज रिफ्रेश रेट सहितको एमोलेड डिस्प्ले समावेश छ ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार १६:५२