५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

हालसम्मकै उच्च हुँदै सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?

२१ वैशाख, काठमाडाैं । साताकाे पाँचाै काराेबारकाे दिन बिहीबार सुनकाे मूल्यले नयाँ रेकर्ड बनाएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार २५० रुपैयाँमा कायम भएको छ। नेपाली बजारमा याे मूल्य हालसम्मकै उच्च हो।

यसअघि गत चैत २२ गते सुनको मूल्य हालसम्मकै उच्च नयाँ रेकर्ड कायम गरेको थियो । साे दिन छापावाल सुन प्रतितोला १ लाख ११ हजार र तेजाबी सुन १ लाख १० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

बुधबार पनि सुनको मूल्य तोलामा  १८०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १० हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर १ हजार ४४५ रुपैयाँ कायम भएको महासंघले जनाएकाे छ। बुधबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर १ हजार ४२५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार १०:५८