२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

थप १३ कम्पनीले पाए ब्रोकर लाइसेन्सको आशयपत्र, नयाँ ब्रोकरको संख्या २९ पुग्यो (सूचीसहित)

२१ वैशाख, काठमाडाैं ।  नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप १३ वटा नयाँ कम्पनीलाई ब्रोकरेस सेवा सञ्चालनका लागि आशयपत्र (एलओआई) प्रदान गरेको छ। बुधबारको बोर्ड बैठकले थप १३ कम्पनीलाई एलओआई दिने निर्णय गरेको हो ।

यसअघि सोमबार पनि बोर्डले १६ कम्पनीलाई ब्रोकर लाइसेन्सको लागि आशयपत्र दिएको थियो । अब एलओआई पाउने ब्रोकर कम्पनीको संख्या २९ पुगेको छ।

सनराइज सेक्युरीटीज, जेबिएनएल सेक्युरीटीज, सेयरप्रो सेक्युरिटीज प्रालि, स्टक्स्कार्टस् सेक्युरिटिज लिमिटेड, प्रोपर्टि विजार्ड लिमिटेड, क्यापिटल हब प्रालि, मिल्की वे सेयर ब्रोकर कम्पनी लिमिटेड, ब्लु चिप सेक्यूरिटिज लिमिटेड, गरिमा सेक्युरिटीज लिमिटेड, कलश स्टक मार्केट प्रालि, मनि वल्र्ड सेयर एक्सचेन्ज प्रालि, शुभकामना सेक्यूरिटिज प्रालि र मियो सेक्युरिटिज प्रालिलाई ब्रोकर लाइसेन्सका लागि आशय पत्र प्रदान गरेको हो ।

प्रकाशित मिति : May 4, 2023 at 9:49 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/