२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

वैशाख २४ गते बजेट अधिवेशन बोलाउन सिफारिस

२० वैशाख, काठमाडौं । सरकारले वैशाख २४ गते संसदको बजेट अधिवेशन बोलाउन सिफारिस गरेको छ । मन्त्रिपरिषदको बैठकले, संसद बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

बुधबार बसेका मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक कार्यक्रममा सञ्चारमन्त्री रेखा शर्माले भनिन् ‘संसद बैठक आह्वानको निम्ति राष्ट्रपति समक्ष सिफारिस गर्ने भन्ने निर्णय भएको छ ।’

संसद्को हिउँदे अधिवेशन शुक्रबार राति १२ बजेदेखि अन्त्य भएको थियो । यो अधिवेशनमा आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट पेस हुने छ ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार १३:२९