२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

चिलिमे जलविद्युतको नाफा ५२ करोड ८९ लाख, प्रतिसेयर आम्दानी कति ?

२० वैशाख, काठमाडाैं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा ५२ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ५२ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

याे अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी भने घटेको छ। कम्पनीले चैत मसान्तसम्ममा विद्युत बिक्री मार्फत ८० करोड ४२ लाख ४६ हजार रुपैयाँ आम्दानी गरेको छ।  गत वर्ष यही अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ८२ करोड ३४ लाख रुपैयाँ रहेको थियो।

हाल कम्पनीको चुक्ता पूँजी ७ अर्ब २५ करोड ८१ लाख रुपैयाँ पुगेको छ भने रिटेन्ड अर्निङ घटेर ३ अर्ब १३ करोड रुपैयाँको भएको छ।कम्पनीकाे प्रतिसेयर आम्दानी ९ रुपैया ३२ पैसामा रहेकाे छ भने पीई रेसियो ५०.९३ गुणा र प्रतिसेयर नेटवर्थ १४३.२३ रुपैयाँ रहेको छ।

प्रकाशित मिति : May 3, 2023 at 11:58 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/