२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

दार्चुलाको हिउँ पहिरोमा फसेका १२ मध्ये ७ जना सशस्त्र प्रहरीको सम्पर्कमा

१९ वैशाख, काठमाडौँ । दार्चुलाको ब्याँसमा हिमपहिरोमा फसेका १२ जना मध्ये ७ जना सशस्त्र प्रहरीको सम्पर्कमा आएका छन । सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले हिउँपहिरोमा परेका १२ मध्ये ४ महिला १ पुरुष गरि ५ बेपत्ता भएको जानकारी दिए । उनले सात जना भने सम्पर्कमा आएको बताए । उनले मौसम खराब भएका कारण बेपत्ताको खोजीमा कठिनाइ भएको जानकारी दिए । मौसमले साथ दिने बित्तिकै बेपत्ताको खोजी कार्य चल्ने डिएसपी थापाले बताए ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलवार १९:४०