७ जेष्ठ २०८१, सोमबार | Tue May 21 2024

अर्थतन्त्र सुधार गर्न नसके अब देश डुब्छः एमाले अध्यक्ष ओली


१९ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिंसालाई हिंसा भन्न नसक्ने प्रवृति हावी भएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित मिशन ग्रासरुट अभियान अन्तर्गत सम्मान तथा प्रशिक्षण कार्यक्रममा उनले एमालेले गरेको शान्ति सम्झौतालाई मन नपराउनेहरुले भाडामा लगाएर ढुङगा हान्ने खालको भलादमी काम गर्न प्रोत्साहन गरेको बताए ।

उनले भने ‘केही भाडाका भलादमीहरुले ढुङगा हाने ,हिंसा भड्काउने ,हिंसालाई समर्थन गर्ने आतंक र अपराधलाई बढावा दिने र हौस्याउँने खालको कामहरु भए ।हिंसालाई गलत हो भन्न नसक्ने । केपी ओलीसंग हिसाव किताव छ । लेराउ न त खाता के के छ हिसाव किताव बुझाउला नि ।’

अध्यक्ष ओलीले डेढ वर्षमा अर्थतन्त्रलाई उकालो लगाउन सकिएन भने देश डुब्ने खतरा बढेको बताएका छन् । यतिकै हाहा हुहु गरेर कुद्नेहरु,चार वटा ढुङगा हानेर कुद्नेहरुलाई देशको केही मतलव नहुने जिकिर पनि ओलीको थियो ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलवार १६:१०