२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

अब पाँच लाख बढीको बीमा गर्दा आम्दानीको स्रोत अनिवार्य खुलाउनुपर्ने

१९ वैशाख, काठमाडाैं । बीमितले अब पाँचलाख बढीको बीमा गराए आम्दानी स्रोत अनिवार्य खुलाउनुपर्ने भएको छ।  बीमा क्षेत्रमा आम्दानी भन्दा माथिको बीमा गराँउदा अपराधजन्य घटना बढ्दै गएको भन्दै आम्दानीको स्रोत अनिवार्य खोल्नुपर्ने व्यवस्था गरिएको नेपाल बीमा प्राधिकरण जनाएको छ ।

बीमकहरुले पाँच लाख रुपैयाँभन्दा बढी बार्षिक वा एकल बीमाशुल्क तिर्ने गरी बीमालेख बिक्री गर्दा बीमाशुल्क भुक्तानी गर्ने बीमितको आम्दानीको स्रोत खुलेको कागजात अनिवार्य लिनुपर्ने व्यवस्था गरिएको बीमा प्राधिकरणले जनाएकाे हाे ।

प्राधिकरणका अनुसार बीमितले पाँचलाख भन्दा बढीको बीमा गराएर आम्दानीको स्रोत नखुलाउने बीमा कम्पनीहरुलाई बीमा ऐन अनुसार कारवाही समेत गरिने छ ।

प्रकाशित मिति : May 2, 2023 at 3:59 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/