नबिल बैंकसहित ७ वाणिज्य बैंकलाई धितोपत्र दलालको आशयपत्र
१९ वैशाख, काठमाडाैं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले विभिन्न ७ वटा वाणिज्य बैंकलाई ब्रोकर (दलाल) लाइसेन्स का लागि आशयपत्र (एलओआई) प्रदान गरेको छ । सोमबार धितोपत्र बोर्डले नबिल बैंक, साविक मेगा बैंक, सिटिजन्स बैंक, कुमारी बैंक, एनएमबि बैंक, राष्ट्रिय वाणिज्य बैंक र सानिमा बैंकलाई सहायक कम्पनीका रुपमा धितोपत्र सम्बन्धि कारोबार गर्न आशयपत्र प्रदान गरेको हो ।
नबिल बैंकले धितोपत्र व्यापारीको काम गर्न सहायक कम्पनीका रुपमा नबिल सेक्युरिटिज लिमिटेडको नामबाट एलओआई प्राप्त गरेकोधितोपत्र बोर्डले जनाएकाे छ । साविक मेगा बैंकले धितोपत्र सम्बन्धि पूर्ण कार्य गर्न मेघा स्टक मार्केट लिमिटेडको नामबाट एलओआई प्राप्त गरेको सेबोनले जनाएकाे छ ।
त्यस्तै,सिटिजन्स बैंकले सहायक कम्पनीका रुपमा सिविआईएल सेक्युरिटिज लिमिटेड, कुमारी बैंक केविएल सेक्युरिटिज लिमिटेड, एनएमबि बैंकले एमएमबि सेक्युरिटिज लिमिटेड, राष्ट्रिय वाणिज्य बैंकले आरबिबि सेक्युरिटिज कम्पनी लिमिटेड र सानिमा बैंकले सानिामा सेक्युरिटिज लिमिटेडको नामबाट धितोपत्र सम्बन्धि सीमित कार्य गर्न लागि एलओआई प्राप्त गरेका हुन् ।
प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलवार १५:०१