२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

वर्तमान सरकारले देशलाई वर्वादीतर्फ लगेः ईश्वर पोखरेल

१९ वैशाख, काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सरकारले देशलाई वर्वादीको दिशातर्फ लगेको आरोप लगाएका छन् ।

काठमाडौंमा आयोजित मिशन ग्रासरुट अभियान अन्तर्गत सम्मान एवंं प्रशिक्षण कार्यक्रमा उनले सरकारले जनतालाई सेवादिने हिसाबको कुनै काम नगरेको आरोप पनि लगाए । वरिष्ठ उपाध्यक्ष पोखरेलले देशलाई यस्तो अवस्थाबाट बाहिर ल्याउन एमाले शक्ति शाली हुनु आवश्यक भएको बताए ।

उनले मिसन ग्रासरुट भनेको मिसन ८४ भएको भन्दै अब आउने चुनावमा एमाले एक्लैले बहुमत ल्याउने उद्देश्यका साथ अगाडि बढ्नु पर्ने बताए । उनले भने, सरकार देश वर्वादीको दिशामा गएको छ। सरकारले जनतालाई सेवा दिने कुनै काम नगरेको अवस्थामा हामी छौ । यो अवस्थालाई परिवर्तन गर्नको लागि पनि एमाले शक्तिशाली हुनु आवश्यक छ । युवाहरुको आवश्यकता छ । नयाँ ढङ्गले अगाडि बढ्छौ । यो मिसन ग्रासरुट भनेको मिसन ८४ त्यो भनेको अब आउने चुनावमा एमाले एक्लैले बहुमत ल्याउने उद्देश्यका साथ हामी अगाडि बढ्नु पर्छ । ’

उपाध्यक्ष पोखरेलले गलत व्यवहार र प्रतिगमनकारी घेरालाई ताड्दै एमाले अगाडि बढि रहेको दावी गरे । उनले राजनीतिक स्तायित्वको, आर्थिक र समृद्धिको विकास, राष्ट्रिय स्वाभिमानर स्वतन्त्रताको रक्षा, सामाजिक सद्भाव र देश बनाउने सपना एमालेले मात्र पूरा गर्न सक्ने पनि उनको भनाइ थियो ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलवार १४:३०