५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

नेपाललाई थप ५ करोड २८ लाख अमेरिकी डलर दिने आईएमएफको निर्णय

१९ वैशाख, काठमाडाैं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपाललाई दोस्रो किस्ताबापत थप ५ करोड २८ लाख अमेरिकी डलर ऋण सुविधा दिने निर्णय गरेको छ। आइएमएफको सोमबार बसेको सञ्चालक समिति बैठकले विस्तारित कर्जा सुविधा (इसीएफ) अन्तर्गत उक्त ऋण स्वीकृत गरेको हो ।

आइएमएफको कार्यकारी बोर्डले २०२२ जनवरी १२ मा नेपालका लागि कुल ३८ करोड ४८ लाख अमेरिकी डलर बराबरको इसीएफ व्यवस्थालाई स्वीकृत गरेको थियो । जुन नेपालले पाउने कोटाको १८० प्रतिशत हुन जान्छ । यसअघि नेपालले पहिलो किस्ता बापत ११ करोड अमेरिकी डलर प्राप्त गरिसकेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलवार १३:३२