७ जेष्ठ २०८१, सोमबार | Tue May 21 2024

कलकारखाना कौडीको मोलमा बेचेर देशको अर्थतन्त्रलाई कमजोर बनाउने काम भयाेः अध्यक्ष ओली


१८ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख सत्तासिन नेताहरुले सार्वजनिक स्वामित्वका कलकारखानाहरुलाई कौडीका मोलमा बेचेर देशको अर्थतन्त्रलाई कमजोर बनाउने काम गरेको बताएका छन् ।

मजदुर दिवसको अवसरमा जिफन्टले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले निजीकरणको नाममा जालिकरण गरेर कमिसनको भरमा कारखानालाई बेच्ने काम हिजो पनि भएको र अहिले पनि भईरहेको भन्दै यसलाई रोक्न आवश्यक भएको बताए ।

उनले भने, अहिले प्रमुख सत्तासिन नेताहरुले निजी क्षेत्रलाई लगानीमा प्राथमिकतामा राख्नुपर्छ तर सार्वजनिक स्वामित्वमा भएको कुरा निजीकरणको नाममा जालिकरण गरेर कमिसनको भरमा कौडीका मोलमा बेचेर देशको अर्थतन्त्रलाई कमजोर बनाउने र उद्योगहरु बन्द गराउने कार्यहरु हुनु हुदैँन थियो । जुन काम हिजो भए तर अहिले पनि हुन खोजको छ, त्यसलाई रोक्नु पर्छ । ’

अध्यक्ष ओलीले किसानहरु भएको देशमा छाला जुत्ताको कारखाना, कागज कारखाना, आईटी किन चाहियो भन्ने खालको सोंच भएका नेता सत्तामा रहेको भन्दै देशलाई यस्तो अवस्थाबाट फर्काउनको लागि युवाहरु सक्रिय भएर लाग्नुपर्ने बताए । उनले देशका २२ लाखभन्दा बढी युवाहरु वैदेशिक रोजगारमा गएको अवस्थामा राज्यले समान कामको समान ज्याला पाएको छ कि छैन् भन्ने विषयको व्यवस्था गर्नुपर्ने बताए ।

देशको मजदुर योगदानका आधारमा पेन्सन दिने व्यवस्था भए जस्तै विदेशमा रोजगारी गरेको मजदुरहरुले पनि योगदानको हिसाबमा पेन्सन पाउने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । उनले केही गर्न नसक्ने सरकार किन बसेको भन्दै यस्तो सरकारलाई जनताले निकाल्न पनि नसक्ने अवस्था भएको बताए ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार १५:३७