२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

साइकल चढेर जाँदा रास्वपा कार्यालय प्रवेश गर्न नपाएको पुष्कर शाहको गुनासो

१८ वैशाख, काठमाडौं । विश्व साइकल यात्री पुष्कर शाहले आफु साइकल चढेर जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको कार्यालयमा प्रवेश गर्न नपाएको भन्दै गुनासो पोखेका छन् ।

सोमबार आफ्नो फेसबुक पेजमा एउटा स्ट्याट्स पोष्ट गर्दै शाहले साइकल चढेकै कारण आफुले रास्वपाको कार्यालयमा प्रवेश नपाएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै ‘साइकललाई घण्टी घरभित्र प्रवेश छैन’ भनेर पालेले भन्नु भएपछि आफु फर्किन बाध्य भएको उल्लेख गरेका छन् ।

रास्वपाका उपाध्यक्ष डीपी अर्यालले आफुलाई पार्टी कार्यालय बसुन्धरा बोलाएको तर साइकल लिएर जाँदा प्रवेश नपाएपछि थोत्रो कोट भिजाउँदै आफु घर फर्किएको पनि उनले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार १४:०९