५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

घट्यो सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?

१८ वैशाख, काठमाडाैं । साताकाे  दाेस्राे काराेबारकाे दिन साेमबार  नेपाली बजारमा सुनको मूल्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ५०० रुपैयाँमा काराेबार भएको छ।

आइतबार सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला  १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य स्थिर रहँदै तोलाको १ लाख ४१५ रुपैयाँमा काराेबार भएको छ।  आइतबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार ४१५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार ११:०५