७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

मन्त्रीकाे प्रश्नः कतारमा भेडा चराउने युवा देशमा किन कृषि गर्न चाहदैनन् ?


१७ वैशाख, काठमाडाैँ । कृषि तथा पशुपंक्षी मन्त्री वेदुराम भुसालले कृषि क्षेत्र देशको अर्थतन्त्रको मेरुदण्ड भएको तर कृषिमा लगानी गर्ने विषयमा सरकार कञ्जुस भएको बताएका छन । आइतबार पेशागत महासंघ नेपालले आयोजना गरेको आगामी बजेटमा पेशाकर्मीहरुको सवाल विषयक कार्यक्रममालाई सम्बोधन गर्दै मन्त्री भुसालले यस्तो बताएका हुन ।

उनले यसपटक कृषिको पनि बजेट काटिएको चर्चा गर्दै देशको आर्थिक अवस्था कमजोर बन्दा त्यस्को असर कृषिमा पनि परेको बताए । उनले भने ‘लगानी गर्ने कुरामा सरकार कञ्जुस छ, कृषि क्षेत्रलाई अगाडि वढाउन सरकारको चासो दिएको छैन । कृषिको वजेट काटेको छ । कृषि शिक्षा फैलाउन जरुरी छ । कृषिको महत्व मात्र सिकायौ भने मानिस वाहिर जादैन । दुबई कतारको ४५ डिग्री तापक्रममा नेपाली युवाले भेडा चराउछन् । किन नेपालमा कृषि गर्न चाहदैनन् । कोरियामा कृषि गर्न चाहनेले नेपालमा किन चाहदैनन ।’

प्रकाशित मिति : १७ बैशाख २०८०, आईतवार २०:३९