७ जेष्ठ २०८१, सोमबार | Tue May 21 2024

यस वर्षको बजेट गरिबको खाना जस्तो हुने भयोः मन्त्री ज्वाला


१७ वैशाख, काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायत मन्त्री प्रकाश ज्वालाले अहिले बजेट निर्माणको चटारो बढेपनि बजेट मिलाउन समस्या भएको बताए । उनले देश आर्थिक संकटमा पर्दा त्यस्को मार बजेटमा पनि परेको र बजेटमा असर पर्दा त्यस्को प्रभाव कार्यक्रममा परेको बताए ।

काठमाडाैँमा भएको एक कार्यक्रमा सम्बाेधन गर्दै मन्त्री ज्वालाले भने ‘ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पहिला १ सय ६७ अर्ब थियो तर अहिले घटेर १ सय १३ अर्बमा आएको छ । देश ओभरअल आर्थिक संकटमा छ । बजेट अहिले गरिबको खाना जस्तो भएको छ, साँझ खाए विहान के खाने जस्तो अवस्था छ ।’ यसपटक देखिएको आर्थिक संकटले धेरै क्षेत्रमा मिलाउन सरकारलाई समस्या परेको उनले बताए ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आईतवार २०:२८