१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026

टेवल टेनिस प्रतियोगितामा स्यान्टु र अपेक्षा विजयी

एडिलेड नेप्लिज इन एडिलेडको आयोजनामा भएको तेस्रो एडिलेड व्यापी टेवल टेनिस प्रतियोगिताम पुरुष तर्फ स्यान्टु श्रेष्ठ महिलातर्फ अपेक्षा शाक्य विजयी भएका छन्

यसै गरि पुरुष तर्फ क्रमश चिदा चौहान, परेश प्रसाई दोस्रा तथा तेस्रा भएका थिए भने महिला तर्फ क्रमश समिना तामाङ , प्रकृति श्रेष्ठदोस्रा तथा तेस्रा भएका थिए नेपाल प्रहरीका पुर्व खेलाडी समेत रहेका श्रेष्ठले फाईनल खेलमा ले विजय हासिल गरेका थिए

विजयी खेलाडीहरुलाई ट्रफी, मेडल प्रमाण पत्रको साथमा विजेतालाई नगद आठ सय अष्ट्रेलियन डलर उप विजेता पाच सय पचासडलर प्रदान गरिने एवं तेस्रो स्थान प्राप्त गर्ने लाई ट्रफी, मेडल, प्रमाणपत्र प्रदान गरिएको थियो

विजयी खेलाडीहरुलाई एनआरएनए अष्ट्रेलियाका सल्लाहकार तथा प्रतियोगिताका रेफ्री प्रेम पाठक,नेप्लिज इन एडिलेडका अध्यक्षमनोरथ पौडेल, पुर्व अध्यक्ष प्रकाश गैर्हेले पुरस्कार वितरण गरेका थिए प्रतियोगितामा ६४ षुरुष २० महिला खेलाडी सहभागी थिए

प्रवासमा रहेका प्रतिभाहरुलाई प्रतियोगिता मार्फत उजागर गर्ने तथा स्वस्थ जिवनका लागि खेलकुद आवश्यक भएकाले प्रतियोगिताआयोजना गरिएको नेप्लिज इन एडिलेडका अध्यक्ष मनोरथ पौडेलले बताए

प्रकाशित मिति : April 30, 2023 at 3:00 pm