टेवल टेनिस प्रतियोगितामा स्यान्टु र अपेक्षा विजयी
एडिलेड । नेप्लिज इन एडिलेडको आयोजनामा भएको तेस्रो एडिलेड व्यापी टेवल टेनिस प्रतियोगिताम पुरुष तर्फ स्यान्टु श्रेष्ठ र महिलातर्फ अपेक्षा शाक्य विजयी भएका छन् ।
यसै गरि पुरुष तर्फ क्रमश चिदा चौहान, परेश प्रसाई दोस्रा तथा तेस्रा भएका थिए । भने महिला तर्फ क्रमश समिना तामाङ , प्रकृति श्रेष्ठदोस्रा तथा तेस्रा भएका थिए । नेपाल प्रहरीका पुर्व खेलाडी समेत रहेका श्रेष्ठले फाईनल खेलमा ३–० ले विजय हासिल गरेका थिए ।
विजयी खेलाडीहरुलाई ट्रफी, मेडल र प्रमाण पत्रको साथमा विजेतालाई नगद आठ सय अष्ट्रेलियन डलर र उप विजेता पाच सय पचासडलर प्रदान गरिने एवं तेस्रो स्थान प्राप्त गर्ने लाई ट्रफी, मेडल, प्रमाणपत्र प्रदान गरिएको थियो ।

विजयी खेलाडीहरुलाई एनआरएनए अष्ट्रेलियाका सल्लाहकार तथा प्रतियोगिताका रेफ्री प्रेम पाठक,नेप्लिज इन एडिलेडका अध्यक्षमनोरथ पौडेल, पुर्व अध्यक्ष प्रकाश गैर्हेले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा ६४ षुरुष र २० महिला खेलाडी सहभागी थिए ।
प्रवासमा रहेका प्रतिभाहरुलाई प्रतियोगिता मार्फत उजागर गर्ने तथा स्वस्थ जिवनका लागि खेलकुद आवश्यक भएकाले प्रतियोगिताआयोजना गरिएको नेप्लिज इन एडिलेडका अध्यक्ष मनोरथ पौडेलले बताए ।
प्रकाशित मिति : १७ बैशाख २०८०, आईतवार १५:००












