१७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026

हिमालय उर्जाले १ सय प्रतिशत हकप्रद जारी गर्ने, बाेलायाे साधारणसभा

१७ वैशाख, काठमाडाैं । हिमालय उर्जा विकास कम्पनी लिमिटेडले आफ्नो २२ औँ वार्षिक साधारणसभा बाेलाएकाे छ । कम्पनी सञ्चालक समितिको वैशाख १६ गते शनिबार बसेको बैठकले वार्षिक साधारणसभा जेठ ९ गते काठमाडाैंकाे नयाँबानेश्वरको थापागाउँस्थित अर्पण बैंक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १ सय प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव गरेको हो । कम्पनीले अधिकृत पूँजी र जारी पूँजी बृद्धि गरी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउने प्रस्ताव पारित गर्नेछ । हकप्रद सेयर निश्कासन पछि प्राप्त हुने पुँजी व्यवस्थापन र कम्पनीको लागी आवश्यक नपर्ने चल अचल सम्पत्ती जग्गा जमानी बिक्री गर्ने प्रस्ताव गरेको छ ।

साथै, सभाले सञ्चालक समितिको गठन र संख्यासम्बन्धी विशेष प्रस्ताव र सुमन शर्मा चौलागाईंलाई बाँकी कार्यकालका लागि सर्वसाधारणतर्फको सञ्चालक पदमा नियुक्त गरिएकोले सोको अनुमोदन गर्ने  छ ।

प्रकाशित मिति : April 30, 2023 at 1:05 pm