२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

२०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्दै आँखुखोला जलविद्युत

१७ वैशाख, काठमाडाैं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले २०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ। कम्पनी सञ्चालक समितिको वैशाख १५ गते (शुक्रबार) बसेको बैठकले चुक्तापुँजी ८० करोड रुपैयाँको २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो।

कम्पनीले हकप्रद बिक्रीबाट प्राप्त हुने १ अर्ब ६० करोड रुपैयाँमध्ये ९६ करोड गणेश हिमाल हाइड्रोपावर प्रालिले प्रवर्द्धन गर्न लागेको २० मेगावाट क्षमताको आँखुखोला–२ जलविद्युत आयोजनामा स्वपुँजीका रुपमा लगानी गर्नेछ। यो जलविद्युत आयोजना लगानी र प्रतिफलका हिसाबले उपयुक्त देखिएकोले लगानी गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ।

त्यसैरी हकप्रदबाट प्राप्त हुने बाँकी रकम कम्पनीको बैंक तथा वित्तीय संस्थामा रहेको ऋण तथा अन्य दायित्व भुक्तानीका लागि उपयोग गरिने कम्पनीले जनाएको छ। विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात कम्पनीले उक्त हकप्रद सेयर निष्काशन गर्नेछ ।

प्रकाशित मिति : April 30, 2023 at 12:23 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/