५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

आज कुन देशकाे कति छ विदेशी मुद्रा विनिमय दर

१७ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतवारका लागि विदेशी मुद्रा विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार,अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ६३ पैसा र बिक्री दर १३१ रुपैयाँ २३पैसा रहेको छ।

यस्तै,युरो एकको खरिद दर १४३ रुपैयाँ ५४ पैसा र बिक्री दर १४४, रुपैयाँ २० पैसा रहेको छ ।शनिवारको अमेरीकी डलर, बेलायती पाउण्ड र युरोको खरिद बिक्री दर आइतवार पनि यथावत कायम रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ७१ पैसा र बिक्री दर १६३ रुपैयाँ ४६ पैसा रहेको छ। त्यस्तै,कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८५ पैसा र बिक्री दर ३६ रुपैयाँ ०१ पैसा तथा साउदी अरवियन रियाल ३४ रुपैयाँ ८३ पैसा रबिक्री दर ३४ रुपैयाँ,९९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आईतवार ११:२९