९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

वित्तीय साक्षरताका लागि मुक्तिनाथ विकास बैंकको विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन र घरदैलो कार्यक्रम

१७ वैशाख, काठमाडाैँ । वित्तीय साक्षरताका लागि मुक्तिनाथ विकास बैंकको विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन र घरदैलो कार्यक्रम गरेको छ । वैशाख १५ र १६ गते बैंकले देशव्यापी रूपमा सबै शाखा कार्यालय र केन्द्रीय कार्यालयका कर्मचारीको उपस्थितिमा वित्तीय साक्षरताका  लागि कार्यक्रम गरेको प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङ्गले विज्ञप्ति मार्फत जानकारी दिएका छन ।

घरदैलोमा वित्तीय साक्षरताका लागि बैंकिङ्ग सेवा र सुविधाहरु, विद्युतीय भुक्तानी कारोबार लगायतको बारेमा जानकारी प्रदान गरिएको थियो । बैंकको बृहत वित्तीय साक्षरता विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन तथा घर दैला कार्यक्रमको आयोजना भने देशभरका विभिन्न विद्यालयहरु/ कलेजहरु, समुदाय केन्द्रहरु तथा अन्य सार्वजजिक स्थलमा गरिएको गुरूङले जानकारी दिएका छन ।

” जनता बैंकमा हैन बैंक जनतामा जानु पर्दछ” भन्ने मुलनारा बोकेको यस बैंक लि. ले आफ्नो नारालाई मनन् गर्दै कार्यक्रम आयोजना गरेको बैंकले जनाएको छ । बैंकले आयोजना गरेको उक्त कार्यक्रममा बैंकका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरु प्रमुख, कार्यकारी अधिकृत, उच्च व्यवस्थापनसहित अन्य सम्पूर्ण कर्मचारीहरु र केही संस्थापक शेयरधनी समेतको सहभागिता रहेको थियो ।

गुरूङले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसरी वित्तीय साक्षरता तथा घर दैलो कार्यक्रम राख्दै बैंकले विधार्थीहरु जनमानस तथा ग्राहक महानुभावहरुमा बैंकका विभिन्न सेवाका बारे घरमै गएर वा एक स्थानबाटै जानकारी गराउँदा उपस्थित सबै सहभागीहरुले बैंकिङ्ग सेवा तथा विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन सम्बन्धी जानकारी पाउने विश्वास बैंकले लिएको छ। यस बाट बैंकको नाम मात्र नभई बैंकिङ्ग क्षेत्रको बारेमा पनि साक्षरता बढ्ने बैंकको धारणा छ।’

डिजिटल कारोबारलाई प्रोत्साहन गर्न बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ। त्यसैगरी प्रिपेड डलर कार्ड, मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन अनलाईन खाताखोल्ने ईन्टरनेट बैंकिङ्ग खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागि: ९८०१११००२२ कर्जा सेवाको लागि: ९ ८०१११००२३ आदि) जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आईतवार ११:०९