महालक्ष्मी लाइफले सार्वजनिक गर्याे नयाँ बोनसदर, कुन योजनामा कति ?
१७ वैशाख, काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ सम्मको जीवन बीमा कोषको बीमाङ्कीय मूल्याङ्कनका आधारमा नयाँ बोनस दर सार्वजनिक गरेको हो ।
कम्पनीको आर्थिक वर्ष २०७७/७८ को बीमा कोषको बीमाङ्कीय मुल्याङकन प्रतिवेदन बीमा प्राधिकरणबाट बैशाख १५ गते स्वीकृत भई बीमा लेखहरुमा नयाँ बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो । कम्पनीले विभिन्न पोलिसीमा न्युनतम ४० रुपैयाँदेखि अधिकतम ५१ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।
प्रकाशित मिति : १७ बैशाख २०८०, आईतवार १०:४९