बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता
१७ वैशाख, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएकाे छ । प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्न लामिछाने आज बिहान बालुवाटार पुगेका हुन् ।
भेटमा प्रधानमन्त्री प्रचण्डले उपनिर्वाचनबाट सांसद पदमा निर्वाचित भएकोमा लामिछानेलाई बधाइ दिएको उनको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति : १७ बैशाख २०८०, आईतवार १०:०३