३० असार २०८३, मंगलबार | Tue Jul 14 2026

सडकमा उफ्रेकै भरमा ‘कोशी प्रदेश’ नाम फिर्ता हुँदैनः अध्यक्ष ओली

१६ वैशाख, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा उफ्रेकै भरमा ‘कोशी प्रदेश’ नाम फिर्ता नहुने बताउनुभएको छ। शनिबार पाँचथरको फिदिममा आयोजित कार्यकता भेलालाई सम्बोधन गर्दै ओलीले भने, दुईचार जना केटा सडकमा उफ्रँदैमा नामकरण परिवर्तनको सम्भावना छैन। म भन्न चहान्छु, जनताबाट दुई तिहार्इ मत ल्याएर नाम संशोधन गरेर देखाओ।’

अध्यक्ष ओलीले प्रदेशसभाबाट विधि र प्रक्रियामा छिरेर गरिएको नाम कुनै हालतमा फिर्ता नहुने दाबी गर्नुभयो। अध्यक्ष ओलीले नाम खारेजीको माग गर्दै आन्दोलनरत पक्षलाई आन्दोलन छोडेर विकास निर्माणमा जुट्न सुझाव दिनुभएको छ ।

प्रकाशित मिति : April 29, 2023 at 2:56 pm