नेप्सेमा थप नाै कम्पनीकाे बाेनस सेयर सूचिकृत, हेर्नुहाेस् कुनकाे कति ?
१५ वैशाख, काठमाडाैं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा यो साता नौ वटा कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा बैशाख १० गतेदेखि १५ गतेसम्म नौ कम्पनीकाे बाेनस सेयर सूचिकृत भएको हाे ।
१) अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी
नेप्सेमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ८ प्रतिशत बोनस बापतको १३ लाख ८३ हजार ६ सय ७६ कित्ता सेयर सूचीकृत भएको हो ।
२) गरिमा विकास बैंक
नेप्सेमा गरिमा विकास बैंक लिमिटेडको १३ प्रतिशत बोनस बापतको ५९ लाख ६८ हजार १ सय ३५ दशमलब ५५ कित्ता सेयर सूचीकृत भएको हो ।
३) डिप्रोस लघुवित्त
नेप्सेमा डिप्रोस लघुवित्तको १० प्रतिशत बोनस बापतको १३ लाख ८७ हजार ४९८.३३ कित्ता सेयर सूचिकृत भएको हो ।
४) प्रूडेन्सियल इन्स्योरेन्स
नेप्सेमा प्रूडेन्सियल इन्स्योरेन्सको ३.३२५ प्रतिशत बोनस बापतको ३ लाख ९४ हजार ३९२ कित्ता सेयर सूचिकृत भएको हो ।
५) नेपाल पु्नर्बीमा कम्पनी
नेप्सेमा नेपाल पु्नर्बीमा कम्पनीको ५ प्रतिशत दरका कुल ५८ लाख २५ हजार कित्ता सेयर सूचिकृत भएको हो ।
६) निर्धन उत्थान लघुवित्त
नेप्सेमा निर्धन उत्थान लघुवित्तको १९ प्रतिशत दरका कुल ४१ लाख ७० हजार ५४७ कित्ता सेयर सूचिकृत भएको हो ।
७) सगरमाथा इन्स्योरेन्स
नेप्सेमा सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको १२.४० प्रतिशत बोनस बापतको १६ लाख ५३ हजार ६ सय ९९ दशमलब ९६ कित्ता सेयर सूचीकृत भएको हो ।
८) लुम्बिनी जनरल इन्स्योरेन्स
नेप्सेमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको ६.९९ प्रतिशत बोनस बापतको ९ लाख १७ हजार ६४४.५० कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
९) नेपाल हाइड्रो डेभलपर लिमिटेड
नेप्सेमा नेपाल हाइड्रो डेभलपर लिमिटेड कम्पनीकाे ५ प्रतिशत बोनस बापतको १ लाख ५९ हजार ९६५ कित्ता सेयर सूचिकृत भएको हो ।
प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार १५:०५












