२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

अयोग्य लडाकुको नाममा २ लाख बाँड्ने कार्यविधि फिर्ता लिन सांसद घिमिरेको माग

१५ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले अयोग्य लडाकुको नाममा २ लाखरुपैयाँ बाँड्ने कार्यविधि फिर्ता लिन सरकारलाई माग गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा उनले देश अर्थतन्त्रको सङकटमा रहेको बेला अनावश्यक कुरामा पैसा खर्च गरेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले भने ‘देशको अर्थतन्त्र सङकटमा छ । अयोग्य लडाकुको नाममा १६ वर्ष पछि आएर देशको यस्तो आर्थिक अवस्थामा रहेको बेलामा २ लाख रुपैयाँ बाँड्ने कार्यविधि पारित भयो भन्ने कुरा आएको छ त्यसमा मेरो गम्भीर आपत्ति छ र यो कुरा तत्काल सरकारले फिर्ता लिइयोस ।’ उनले अर्थतन्त्र सुदृढ गर्न यस्ता क्रियाकलाप आउने दिनमा समेत बन्द गर्न सरकारलाई माग गरे ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार १४:५२